समाचार

भर्खरै नारायणगढ–मुग्लिन सडकखण्डबाट आयो यस्तो दुःखद् खबर

जेठ १९, काठमडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधन एकतर्फी सञ्चालनमा आएको छ । पहिरोका कारणले गर्दा नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी सवारी साधन सञ्चालन गर्नुपर्ने भएको हो । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो । यो वर्ष पनि नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा पहिरोको उत्तिकै जोखिय रहेको छ ।

Related Articles

Back to top button
Close