भिडियो

चर्चित मोडल पार्वती राईको हट अबतार… (भिडियो सहित)

काठ्मण्डौ//
अधिकांश लोकदोहोरी गीतका म्युजिक भिडियोमा देखिने मोडल पार्वती राई कुशल नृत्यांगना हुन् । आज भन्दा ६ वर्षअघि “हेर्छु ओठ टोकी” बोलको म्युजिक भिडियोबाट लोकदोहोरी गीतमा मोडलका रूपमा देखापरेकी पार्वतीलाई त्यसपछि कुनै पनि दिन फुर्सद भएन

चार सयभन्दा बढी लोकदोहोरी तथा तीज गीतमा मोडलका रूपमा काम गरिसकेकी पार्वती अरू कुनै काम गर्दिनन् । प्रस्तोता समाजमा आबद्ध पार्वतीले चलचित्र मेरो जीवनसाथी र हम जाएगामा अभिनय गरेकी थिइन् यद्यपि उनी अभिनयमा भन्दा नृत्यमै जमेकी छिन् ।

हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई धेरैले लोकदोहोरी क्विन भन्छन् । नृत्य म्युजीक भिडियोमा एकछत्र राज गरीरहेकी उनी नाच्नकै लागि अमेरिका, अस्ट्रेलिया, कतार, कोरिया, मलेसिया, दुबई आदि मुलुक पुगिसकेकी छिन् ।

पार्वती वर्षभरि नै म्युजिक भिडियो, महोत्सव तथा विदेशका कार्यक्रमहरूमा व्यस्त भैरहन्छिन् । पार्वती राम्रो दाम र नाम मिलेको यो कामबाट दंग छिन् ।

भिडियो//

Related Articles

Back to top button
Close