वैदेशिक रोजगारीमा कतार जानेहरुका लागि खुशीको खबर आएको छ
वैदेशिक रोजगारीमा कतार जानेहरुका लागि खुःशीको खबर आएको छ । कतार नेपाली श्रमिक शून्य लागतमा लैजान विषयमा सकारात्मक देखिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि र ती देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो ।कतारसँग पहिलो चरणको वार्ता सकेर फर्किनुभएका सहसचिव घिमिरेले द्विपक्षीय वार्ता फलदायी रहेको जानकारी दिनुभयो ।
उहाँले श्रमिकलाई व्ययभार नपर्ने गरी तथा उनीहरूका आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने गरी श्रम समझदारी गर्ने विषयमा कतार सकारात्मक रहेको जानकारी दिनुभयो ।सहसचिव घिमिरे नेतृत्वको नेपाली टोलीले गएको दुई दिन(बुधबार र बिहीबार) कतारसँग त्यहाँको प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका प्रतिनिधिसँग पहिलो चरणको छलफल गरेर स्वदेश फर्किएको हो । आजको गोरखापत्र दैनिकमा खबर छ ।जनबोली बाट