भेट्टाएको २६ लाख रकम फिर्ता गरेर इमान्दारिताको अवार्ड पाएका नरेश संग रबिको भेट
साधारण तया कोहि कसैले पनि पैसा भेटायो भने सजिलै फिर्ता गर्ने मनसाय बनाउदैन। तर कसैले लाखौ रुपया भेट्यो भने त् झन् कुरा अलग हुन् सक्छ। तर एक नेपाली जसले ट्रेन लाखौ रुपया भेताउदा पनि अस्ट्रेलिया सरकारलाई फिर्ता दिएको छ। जसले नेपालीहरुको इमान्दारिताको छविलाई बिस्वमा चिनाउन योगदान दिएका छन्। उनलाई अस्ट्रेलिया सरकारले यसै इमान्दारिताको कदर गर्दै सम्मान समेत गरेको छ।
अस्ट्रेलियाको यातायात सेवामा काम गर्दै आएका उनले सिड्नीको ट्रेन मा २८६०० अस्ट्रेलियन डलर भेताउदा पनि फिर्ता गर्ने नेपाली हुन् नरेश अवाल। उक्त पैसा ट्रेनमा एक लेडिज टाइपको ब्यागमा रहेको थियो जसमा वालेट समेत रहेको नरेशले बताए। रबि लामिछानेले त्यो पैसा भेटाए पछि डराएर फिर्ता गरेको हो कि नर्भस भएर फिर्ता गरेको हो कि या बास्तबमै इमान्दार भएको हो भन्दै प्रश्न गर्दा यी युवाले मन खोलेर भने म इमान्दार भएको पैसा फिर्ता गरेको हो। ब्यागमा चाङ्गका चाङ्ग पैसा रहेको देखेको उनले बताए। यत्तिका चाङ्ग पैसा भेटेपछि पैसा काउन्ट गरेर सबै पैसा फिर्ता गरिदिएको बताए।
यातायातको सेवामा कामको दौरान समय समयमा भेटिने गरेको उनले बताए। नरेश अवालले फेरिपनि पनि नेपाली इमान्दार हुन्छ भन्ने छबि लाइ फेरि एक पटक विश्वमा चिनाएका छन्।