समाचार

‘राष्ट्रपति लो प्रोफाइलमा बस्नुपर्छ, म भएको भए जनतासँग हात मिलाउँदै हिड्थें’- रामकुमारी झाक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं सांसद रामकुमारी झाक्रीले राष्ट्रपतिले आफ्नो पदीय दायरामा बस्नुपर्ने बताएकी छिन्। राष्ट्रपति संस्था जनताको बलिदानीबाट आएको स्मरण गर्दै नेतृ झाँक्रीले जनतालाई सास्ती, दुःख हुने काम राष्ट्रपतिबाट हुन नहुनेमा जोड दिइन्।

‘संवैधानिक हिसाबले राष्ट्रपति यो देशको संरक्षक र कानुन परिपालक हो। संरक्षक र परिपालकको भूमिका कार्यकारीजस्तो हुँदैहुँदैन्। उ लो प्रोफाइलमा बस्नुपर्छ। जति लो मा बस्यो समाजमा त्यति धेरै सम्मान पाउँछ’, उनले भनिन्।

राष्ट्रपति विवादमा आउँदा आफूलाई एकदमै दुःख लाग्ने गरेको भन्दै झाँक्रीले जनतालाई मन नपर्ने खालका अनावश्यक तामझाम नगर्न सुझाव समेत दिइन्। ‘राष्ट्रपति संस्था हो, व्यक्तिले त संस्थाको प्रतिनिधित्व मात्रै गरेको हो’, उनले भनिन्, ‘राष्ट्रपति पटक पटक विवादमा आउने, राजतन्त्रको भन्दा बढी वैभवपूर्ण बनाउन खोज्ने, राजा र प्रजाजस्तो दर्जा देखाउन सक्ने बनाउन खोज्दा दुःख लाग्छ।’

उनले आफू राष्ट्रपति भएको भए तामझाम गरेर जनतालाई दुःख दिनेभन्दा पनि जनतासँग हात मिलाएर हिड्ने र जनताको प्रिय हुने प्रयास गर्थे भन्ने आफ्नो विचार सुनाउँदै भनिन्, ‘हाम्रो राष्ट्रपति संस्थालाई स्थापित गर्न, जनताको बीचमा प्रिय बनाउन लो प्रोफाइलमा राख्नुपर्छ। राजकीय तामझाममा राजतन्त्र झल्किने काम गर्दै नगर्ने हुनुपर्छ। अनावश्यक राजकीय भ्रमण पनि गर्नुहुँदैन। आफ्नो पदीय दायरामा बस्नुपर्छ। आफ्नो दायित्वअनुसार स्वनियम हुनुपर्छ।’

‘लो प्रोफाइल’मा रहेकै कारण राजा वीरेन्द्र जनतामाँझ लोकप्रिय रहेको स्मरण गर्दै उनले राजतन्त्र फालेर स्थापना गरिएको राष्ट्रपति संस्था बढीभन्दा बढी जनताप्रति उत्तरदायी बनाउनुपर्ने, जनताले चाहेजस्तो हुनुपर्ने बताइन्। ‘गणतन्त्रको प्रतिक राष्ट्रपति संस्था लो प्रोफाइलमा बस्नुपर्छ। तामझाम गर्ने, सैन्य घेरामा राख्ने, जनताबाट अलग बनाउने काम गर्नैहुँदैन’, उनले भने।

नेपालमा पछिल्लो समय राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएका छन्। यतिमात्रै होइन राष्ट्रपतिका अन्य गतिविधिसमेत विवादमा पर्ने गरेका छन्।

नागरिक दैनिकबाट

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ
नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close