समाचार

काठमाडौंमा भीषण वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा भीषण वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा शनिवार साँझ पाँच बजेदेखि हावाहुरीसहित वर्षा भइरहेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा भएको बदलीसँगै काठमाडौं उपत्यकासहितका जिल्लामाहरुमा वर्षा भइरहेको हो । वर्षाका कारण सवारी आवागमनमा समेत असर परेको छ ।

त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ । आइतवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमवार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close