समाचार

लुगा सिलाएर घर खर्च पुर्‍याउँछु श्रीमानले साउदी मा कमाएको बचाउँछु

काठमाडौ म अहिले २७ वर्षको भएँ मेरो श्रीमान् साउदी हुनुहुन्छ म लुगा सिलाउनेसँगै घर चलाउने काम पनि गर्छु । मेरा दुई छोरी छन् एउटा तीन वर्षको अनि एउटा चाहिँ १० वर्ष घरव्यवहार हेर्नु, बालबच्चा
स्याहार्नु अनि काम गरेर आफ्नो खर्च आफैं पुर्‍याउन सजिलो छैन तर पनि म श्रीमानले विदेशमा कमाएकै छन् भनेर उहाँको कमाईमा भर पर्दिनँ घरको सबै काम गर्छु सिलाई पनि सिक्दै थिएँ ।

त्यही बेला बिहे भयो
बिहेपछि पढाइ पनि राम्रोसँग अघि बढाउन सकिनँ पढाइ र सिलाईमा भन्दा पनि बढी ध्यान घरव्यवहारमा दिनुपर्‍यो केही काम पाउन गाह्रो भयो चिनेजानेको कोही थिएन कसै न कसैले नभन्दिएसम्म कसले काम दिने त्यसैले मेरो श्रीमान् विदेश जानुपर्‍यो । देशमा केही गर्छु भन्दा गाह्रो छ ।

तर विदेश जान्छु भन्नुपर्छ पैसा दिनेदेखि भिसा खसाल्दिने पनि घरमै आइपुग्छन् साउदी जानुभयो तर काम भनेअनुसारको परेन सप्लाईको काम पर्‍यो । उहाँको कमाइ काम अनुसारकै छ कहिले ३० हजार त कहिले ४० हजार रुपैयाँ कमाउनुहुन्छ
महिनामा एक लाख रुपैयाँ ऋण गरेर जानुभएको थियो त्यो तिरिसक्नुभयो अब केही बचाउनुपर्छ भन्ने लागेको छ त्यसैले म पनि उहाँको कमाइ घरखर्चमा खर्च गर्नु नपरोस् भनेर काम
गरिरहेको छु ।

सिलाइको कामबाट छोरीहरु रमलाई खर्च
साक्षरता कक्षामा पनि बस्छु यो कक्षामा बस्न थालेदेखि मैले झन पैसाको महत्व बुझेको छु कहाँ, कसरी पैसा लगानी गर्ने,कसरी बचत गर्ने भन्नेकुरा पनि सिकेको छु अब दुई जना मिलेर काम गर्ने हो ।

मैले कमाएको पैसाले घर खर्च चलाउने र उहाँको कमाइ बचत गरेर केही व्यापार व्यवसाय गर्न पुग्ने बचत भएपछि उहाँलाई पनि घरमै बोलाउछु सबैकुरा बिस्तारै योजनाबद्ध रुपमा मिलाउँदै लैजान्छु

Related Articles

Back to top button
Close