भिडियो

प्रकाश कँडेललाई ४ वर्षको जेल सजाय र जरिवाना हुने, चितवनका डीएसपीसँग गरिएको एक्सक्लुसिब कुराकानी हेर्नुहोस (पुरा भिडियो)

काठमाडौँ, १८ जेठ । निर्माणाधीन रंगशालाको भत्काइएको बार शनिबार बिहानै देखि बनाउन थालिएको छ ।
केहि दिन अगाडी भत्काइएको बार पुनर्निमाणमा काममा विभिन्न क्षेत्रका व्यक्तिहरु जुटेका छन् ।

शुक्रबार स्थानीय स्तरका विभिन्न संघ संस्थाहरुबीच छलफल भएको थियो । सोहि छलफलबाट बार पुनर्निमाण गर्ने सल्लाह भएअनुरुप कार्य शुरु भएको हो ।

भत्किएको बार बनाउन सर्वपक्षीय तथा सर्वदलीय संस्थाहरुको सहभागिता रहेको छ । बार बनाउने कार्यमा चितवन क्षेत्र नम्बर दुईका संघीय सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरकी मेयर रेणु दाहाल, प्रदेश सांसदहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, विभिन्न पेशागत संघसंस्थाहरुका प्रतिनिधि लगायत सहभागी रहेको बताइएको छ ।

रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले केहि दिन अगाडी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काइदिएका थिए ।

प्रकाश कँडेललाई ४ वर्ष सम्मको जेल सजाय र जरिवाना हुन सक्ने चितवनका डीएसपी दिपेन्द्र शाहले बताएका छन । उहा सँग गरिएको एक्सक्लुसिब कुराकानी हेर्नुहोस :

Related Articles

Back to top button
Close