उर्लिएको मानवसागरले रंगशाला घेरेपछि धुर्मुसले रुँदै गलत गरेकाे भए मैदानमा झुण्डिन तयार छु मार्मिक सन्देश (भिडियोसहित)
चितवन । चितवनको रामपुुरमा बन्दै गरेको रंगशालाको ढलेको पर्खाल उठेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएसम्म रंगशाला निर्माण कार्य सुचारु नहुने बताएपछि स्थानीयको सक्रियतामा पर्खाल उठाइएको हो ।
रंगशाला निर्माणस्थल वरपरका स्थानीयले ढलेको पर्खाल उठाउँदै अब निर्माण कार्य तीव्ररुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा फाउण्डेशनले बनाइरहेको रंगशालाको पर्खाल गत बुधबार स्थानीयको एक समूहले भत्काइदिएको थियो । पर्खाल भत्काएपछि निर्माण कार्य अवरुद्ध भएको थियो ।
स्थानीय वासिन्दालाई विश्वासमा लिएर रंगशाला निर्माण गर्नुपर्ने आवाज उठेको थियो । त्यसैअनरुप स्थानीयकै सक्रियतामा डोजर लगाएर ढलाइएको पर्खाल शनिबार बिहान उठाउने काम भएको हो । कार्यक्रममा बोल्दै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, फाउण्डेशनका पदाधिकारीले अब रंगशाला निर्माण कार्य कुनै हालतमा नरोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फाउण्डेशनका अध्यक्ष धुर्मुसले पैसा बिना रंगशाला बनाउन नसकिने हुँदा मन खोलेर सहयोग गर्न आह्वान गरेका छन् ।
चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाएपछि रोकिएको रंगशाला निर्माणकाे काम पुन: सुचारु भएको छ । सरोकारवाला सबै पक्षकाे सहयोग तथा आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै शनिबारबाट रंगशाला निर्माणकाे काम पुन:शुचारु भएको हो ।
शनिबार बिहान भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, सचिव एवम् प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र विभिन्न टोल विकास संस्था तथा स्थानीयको उपस्थितिमा निर्माणाधीन रंगशालामा एक अनौपचारिक कार्यक्रम गरी पुन:र्निर्माण सुचारु गरिएको हो।
उक्त अनौपचारिक कार्यक्रम फाउण्डेसनका अध्यक्ष धुर्मुसले आफूले गलत कुरा बोलेको प्रमाणित भए मैदानमै झुण्डिन तयार रहेको बताए । उनले भने- ‘यदि मैले गलत र बनावटी कुरा गरेको भए म यही मैदानमा झुण्डिन तयार छु।’ निर्माणाधिन रंगशालामा डाेजर चलाउँदा उनले आफू राेएकाे पनि बताए । यसले आफूलाई मात्रै नभएर सबै नेपालीलाई रुवाएको पनि बताए ।
उनले रंगशाला निर्माण गर्नु अघि स्थानीयदेखि सबै अगुवाहरूसँग कुरा गरेर काम सुरू गरेकाे पनि बताए । अहिलेसम्म फाउण्डेसनले इमान्दारितापूर्वक काम गर्दै आएको दाबी समेत गरे ।
उक्त अनाैपचारिक कार्यक्रममा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पोखरेलले आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाउनु भयाे।
भरतपुर महानगरकी मेयर दाहालले अन्तर्राष्ट्रिय रंगशाला बन्नु देशकै गौरवको विषय भएकोले निर्माण कार्यमा व्यवधान सिर्जना गर्न नहुने बताउनुभयाे ।
जेठ १५ गते बुधबार नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वको टोलीले निर्माणाधीन रंगशालाको पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काइदिएपछि रंगशाला निर्माणको काम स्थागीत भएको थियो ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले एक विज्ञप्ति जारी गरी स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि कामकारवाही स्थगित गरिएको जनाएका थिए । उनले कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएको भन्दै रंगशाला निर्माणको काम स्थागीत गरेका थिए ।
बुधबार राति क्रिकेट रंगशालाको तारबार भत्काउने कामको मुख्य नाइके ठानिएका नेकपाका स्थानीय नेता प्रकाश कँडेलसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसेकाे छ ।
१९ वर्षीय विपिन भट्टराई, २८ वर्षीय देव गुरुङ, ५५ वर्षीय तुलसी गुरुङ, ४६ वर्षीय देव तामाङ, ३२ वर्षीय सन्जु गुरुङ, ३६ वर्षीय दिपक आचार्य, ४० वर्षीय भैरव वस्ताकोटी, ३४ वर्षीय सुरेन्द्र विक, २५ वर्षीय कृष्ण कँडेल, ३६ वर्षीय राजु सापकोटा, २७ वर्षीय राजन सापकोटा, ४९ वर्षीय धु्रव चापागाई रहेका छन् । त्यस्तै मुद्दा चलाइएका महिलाहहरुमा ३४ वर्षीया कोपिला सापकोटा, ४० वर्षीया पारु परियार, २९ वर्षीया यसोदा पौडेल, ५६ वर्षीया ईश्वरीमाया तामाङ र ३४ वर्षीया मन्जु चापागाई प्रहरीले पक्राउ गरेकाे छ ।
अहिले उनीहरूवरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । कँडेललाई नेकपा चिनवानले निलम्बन पनि गरिसकेको छ ।