भिडियो

सारेगामाको सेमिफाइनल भिडन्तमा आयुष र प्रितम (प्रोमोसहित)

सारेगामाको सेमिफाइनल भिडन्तमा आयुष र प्रितम (प्रोमोसहित)
काठमाडौं । भारतको प्रतिष्ठित टेलिविज़न च्यानल जी टी भिको बाल रियालिटि शो सारेगामा लिटल च्याम्प्समा को सन् २०१९को संस्करणमा सहभागि नेपाली बाल प्रतिभा आयुष के सी र प्रितम आचार्यको आगामी शनिवार र आइतबार प्रशारण हुने प्रस्तुतिलाई कार्यक्रमका जज र जुरीहरूले अत्यन्त मन पराएका छन् ।

यस कार्यक्रममा उनि टप ६ (फाइनल) को लागि भिड्दैछन, यो उनिहरुको सेमिफाइनल भिडन्त हो। भारतभरका २०००० भन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै उनिहरू यस चरणमा पुगेका हुन्।

#SRGMPLilChamps Ayush

Ayush banayenge judges ke dilon mein apni jagah. Dekhiye behtareen semi-final performances in #SRGMPLilChamps, Sat-Sun, 9 PM. Shaan The Richa Sharma Amaal Malik Ravi Dubey #MusicSeBadhengeHum

Gepostet von ZEE TV am Freitag, 31. Mai 2019

नेपालमै २ बर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत आयुष के सी सानैबाट संगीतमा रुचि राख्ने गरेको हाल भारतको मुम्बइमा रहेको उनका बुवा रामकृष्ण केसीले बताए।

उनले संगीत सिक्न थालेको ५ वर्ष भयो। आयुषलाई हाल सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाएका हुन। आयुष घरका कान्छा छोरा हुन्। अहिले उनी भक्तपुरको मोर्डन स्कूलमा कक्षा ७ मा पढ्दैछन्। बाबा टुुर गाइड हुन् भने आमा – गृहणी। मध्यम किसिमको उनको परिवारमा आयुषको संगीतप्रतिको मोहलाई पूरा गर्न परिवारले सक्दो सहयोग गर्‍यो। जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराईसकेका छन्।

यस रियालिटी कार्यक्रममा इटहरीका अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि सँगै छन। उनी त्यहाँको विश्व आदर्श स्कूलमा अध्ययनरत छन्। इटहरीमा एक निजी कम्पनिमा कार्यरत उनी ६ महिना देखी मुम्बईमा नै छन। प्रतिकुल आर्थिक अवस्थाका बाबजुद प्रितमको साङ्गीतिक यात्राको लागि उनको परिवारले धेरै ठुलो त्याग गरेको छ।

यो यात्रामा पुग्नु अघि आयुष केसी र प्रीतम आचार्यले धेरै चरण पार गरेका हुन्। सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।

SRGMP Lil Champs

Pritam ke suro ka jaadu pahuchega Anand Raj Anand aur judges ke dilon tak, #SRGMPLilChamps par, Sat-Sun, 9 PM..Shaan The Richa Sharma Amaal Malik Ravi Dubey#MusicSeBadhengeHum

Gepostet von ZEE TV am Donnerstag, 30. Mai 2019

दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनिहरू टप ११, टप ९(सेमिफाइनल) मा पर्न सफल भएका हुन।

Related Articles

Back to top button
Close