समाचार

गर्भवती श्रीमतीको अगाडि गरियो श्रीमानको हत्या ! के थियो कारण ?

एउटा डरलाग्दो अनर किलिङ को घटनाले भारतमा चर्चा पाएको छ । भारतको तेलंगानाको नालगोडा जिल्लामा उक्त घटना भएको हो
जिल्लाको मिरयालागुडा शहरको एक अस्पतालबाहिर २४ वर्षिय पेरुमाल्ला प्रणयलाई उनकै गर्भवती श्रीमती अमृताको अगाडि हत्या गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार गर्भवती श्रीमतीलाई जचाउन उनी हस्पिटल गएका थिए । श्रीमतीलाई जचाएर बाहिर निस्कने क्रममा उनीमाथि धारिलो हतियारले आक्रमण भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

मिडिया रिपोर्टका अनुसार प्रणय र अमृताको जनवरी २१ मा लव म्यारिज भएको थियो । तर, उनीहरुका परिवार भने विवाहको विरुद्ध रहेका थिए । पछि प्रणयको परिवारले दुवैलाई स्वीकारेतापनि अमृताको परिवारले भने स्वीकारेको थिएन ।

यो घटना पछाडि अमृताको परिवारको हात हुनसक्ने प्रहरीले बताएको छ यो घटना अनर किलिङ हुनसक्ने प्रहरीको अनुमान रहेको र यसैलाई आधार मानेर अनुसन्धान गरेको बताइएको छ । एजेन्सी

Related Articles

Back to top button
Close