समाचार

खबरदार ! अब ज्ञानेन्द्र शाहि एक्लै छैनन, सबै नेपाली आउछन क-कसलाई कुट्छाै?बिनय बस्नेतको ठाडो चेतावानी….(हेर्नुहोस् भिडियो)

काठमाडौँ । पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ पक्राउ परे ।
शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शाहीलाई कानून बमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षद्वय दुर्गा थापा र गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालय मार्फत काठमाडौँ स्थित महा नगरीय प्रहरी परिसरमा लिखित जाहेरी दिएका थिए ।

सोही बमोजिम शाही विरुद्ध विद्युतीय अपराध अन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उहाँले बताउनु भयो ।
शाहीलाई समात्न खोज्दा अवरोध पु¥याउने दुई महिला र छ पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हबलदार प्रकाश बुढा, प्रहरी जवानहरु जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर बर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहीले प्रहरी ले चरम यातना दिएको बताएका छन्

ज्ञानबहादुर शाही माथि प्रहरीको चरम यातना को भिडियो सामाजिक संजालमा चौतर्फी फ़ैलिएपछि उनका समर्थकले प्रहरी ले गरेको ज्यादती र प्रहरीको चरम यातनाको बिरोध गरेका छन् ।
सामाजिक अभियन्ता बिनय जंग बस्नेत भन्छन लोक तन्त्र मा अब बोल्न नपाउने ? “खबरदार ! अब ज्ञानेन्द्र शाहि एक्लै छैनन, सबै नेपाली आउछन क-कसलाई कुट्छाै?

हेर्नुहोस् भिडियो :

Related Articles

Back to top button
Close