भिडियो

यी ज्योतिषको दाबी : ‘मलाई जेल हाले हाल, भुकम्प गएरै छोड्छ, भुकम्पको केन्द्रबिन्दु यि जिल्लामा’ (भिडियो हेर्नुस)

आफुलाई फेस रिडर बताउने अर्जुन क्षेत्रीले नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा फेरी एक पटक ठूलो भुइचालो जाने भन्दै सतर्क रहन आग्रह गरेका छन् । उनले बाँकेको नेपालगन्ज, रुपन्देही वा दागं केन्द्रविन्दु भएर ठूलो भुकम्प जानसक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

उनले जेठ देखि असोज महिना भित्रमा २०७२ सालमा गएको जस्तै ठूलो भुकम्प जाने दोहोर्याएका छन् । क्षेत्रीले आफुले भवितब्यका विषयमा भविष्यवाणी गर्दा ज्यान मार्ने धम्की आएको बताए । उनले भने मलाई जेल हाले हाल्नुस् तर देशमा फेरी ठूलो भुकम्प जान्छ । सतर्क रहनुपर्छ । उनले आफु भविष्यमा हुनसक्ने खतरा बताउन सक्ने भएकाले सबैलाई बेलैमा सचेत गराउन जानकारी दिने गरेको बताए ।
भविष्यमा आउन सक्ने खतराको बारेमा बताउँदा आफुलाई ज्यान मार्ने धम्की आएको उनले बताए । तर त्यस्ता धम्कीसंग आफु नडराउने उनको भनाई छ । उनलेभ भने अहिले मैले भनेको कुरा लेखेर राख्नु जुन दिन पुरा हुन्छ त्यो दिन सम्झनुहुनेछ ।

उनले वारा र पर्सामा आउनसक्ने हावाहुरीका बारेमा आफुले पहिले नै बताएको बताए । त्यतिबेला मलाई सबैले पागल भने सिताराम कट्टेल धुर्मुस बारा पुगे पछि मलाई फोन गरेर भन्नुभयो । भाई तिमीले भनेको कुरा पुग्यो । उनले नेपालमा यस अघि भएको जहाज दुर्घटनाका बारेमा पनि आफुले सजग बनाएको बताए । म धेरै बोल्छु त्यही भएर मेरो कुरा धेरैले विश्वास गर्दैनन् उनले भने तर जव पुरा हुन्छ अनि विश्वास गर्नुहुन्छ । नेपाल खबरबाट
हेर्नुहोस भिडियो ……

Related Articles

Back to top button
Close