डोजर लगाउने स्थानिय भन्छ्न, हामिले जे गर्यौ , ठिक गर्यौ, पछुतो छैन।(भिडियो )
स्थानीयको आक्रोशः डोजर हामीले नै चलाएको हो । धुर्मुश सुन्तलीलाई नै कडा चेतावनी ! फेरी चलाउछौ डोजर तलको -हेर्नुहोस्…
रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् ।
कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएका थिए । बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनको भनाइ छ ।
कँडेल भरतपुर महानगरपालिका–१६ का नेकपाका स्थानीय नेता हुन् । उनी ठेक्कापट्टामा समेत संलग्न छन् । गृहमन्त्री रामबहादुर थापा बादलनिकट मानिने कँडेलमाथि प्रहरी प्रशासनलाई धम्क्याउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।
पार्टीबाट निलम्बन,
बिकासको काममा बाधा रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल नेकपाबाट निलम्वित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ ।’
नेकपा चितवनले दोषीउपर कारर्वाही गरी क्षतिपूर्ती उनीहरुबाट नै भराउन माग पनि गरेको छ । यस्ता घटनाबाट विचलित नभएर निर्माणको काममा अघि बढ्न नेकपा चितवनले विज्ञप्ती मार्फत फाउण्डेशनलाई आग्रह गरेको छ । धुर्मस-सुन्तली फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कार्य स्थगित गरेको छ । सो बार भत्काउँदा १० लाखभन्दा बढीको क्षति भएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।