समाचार

आज बिहानैदेखि दिनभर विद्युत् सेवा बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि भन्दै नेपाल विद्युत् प्राधिकरणले आज बिहानैदेखि दिनभर विद्युत् सेवा बन्द गर्ने भएको छ ।
धादिङ जिल्लाभर शनिबार विद्युत् सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण धादिङले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा बन्द गर्ने बताइएको छ ।

नुवाकोट जिल्लाको बुधसिंंघाटदेखि गल्छीसम्मको सडक छेउमा गाडेको ३३ केभी पोलहरू सार्ने कार्यका लागि जिल्लाभर विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
दिनभर विद्युत् सेवा अवरुद्ध अवरुद्ध हुने भएपछि जनजीवन प्रभावित हुने देखिएको छ ।

Related Articles

Back to top button
Close