भिडियो

भुटानी नायिका उग्येन् छ्योदेन र पल शाह फिचर्ड “गोरी गोरी-२” सार्वजनिक

काठमाडौं /भुटानी नायिका तथा निर्मात्री उग्येन् छ्योदेन हालै नेपाल भ्रमनमा छन । रोशन फ्युबा को गोरी गोरी २ गीतको म्युजिक भिडियोको छायान्कनको क्रम मा उनी नेपाल आएकी हुन । यतिबेला उक्त गीत सार्वजनिक भैसकेको छ । भिडियो छायान्कन सकेर अहिले उनी बिभिन्न मिडिया अन्तर्वाता दिन ब्यस्त छन । राम्रो नेपाली बोल्ने हुँदा नेपाली मिडिया र नेमालिहरु माझ पनि लोकप्रिय बन्दै छन उग्येन् । पत्रपत्रीका, अन्लाइन टिभी , एफ एम रेडियो सबैतिर उग्येन् छाईरहेका छन ।

पहिलो पटक नेपाली प्राबिधिक सङ्ग काम गरेको बताउने उनी नेपाल को चर्चित नायक तथा मोडल पल शाह सङ्ग सङ्गै काम गर्न पाउदा निक्कै खुशी भएको सुनाउदै नेपालको प्रबिधी अझै अगाडि रहेको अनुभुती गरेको एक अन्तर्वाता मा बताएकी छिन् ।

रोशन फ्युबा को शब्द संगीत तथा स्वर मा रहेको गोरी गोरी गीत को दोस्रो भाग गोरी गोरी २ मा उनले पल शाह सङ्ग अभिनय गरेकी हुन । भिडियोलाई टेकेन्द्र शाह ले निर्देशन र राम के सि ले छायान्कन गरेका छन । भिडियो लाई यही मे ३१ को दिन ल्हाप्साङ्कर्पो म्युजिक को अफिसियल च्यानल मार्फत सार्वजनिक गर्ने छ ।

भुटान र नेपाल बिचको सान्स्कृतिक समानता लाई अझै दिगो बनाउन र आदान प्रदान गर्ने उद्देश्यले यो भिडियो निर्माण गरेको बताउछन गायक रोशन फ्युबा । यही शुक्रबार सार्वजनिक भएको गोरी गोरी २ लाई सबैले हेरेर प्रतिकृया दिनुहुन सबैलाई अनुरोध छ

भिडियो :

Related Articles

Back to top button
Close