समाचार

रंगशाला डोजरकाण्डः उसो भए अब रंगशाला बन्दैन त ? विप्लवका नेताले किन यसो भने ?

धुर्मुस सुुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको क्रिकेट रंगशालाले यतिबेला सामाजिक सञ्जाल गर्माएको छ । डोजर लगाउने कार्यको चौतर्फी आलोचना भईरहेको छ । नेकपाका स्थानिय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोेलीले डोजर चलाए पछि अहिले यो विषय व्यापक चर्चाको घेरामा रहेको छ ।

सबैले उक्त कदमको विरोध गरेका छन् । निर्माणाधीन रंगशालामा डोजर चलाउँने कदमको विरोध भइरहँदा किन स्थानियले डोजर चलाए भन्ने कोणबाट बहस कमै भएको छ । यसै विच अभियान्ता एवम् नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामा नेता नरबहादुर कार्कीले फरक कोणबाट केहि प्रश्न उठाएका छन् । ‘धुर्मुस–सुन्तली र डोजर’ शीर्षकमा एक आलेख लेख्दै कार्कीले धुर्मुस माथिनै केहि प्रश्नहरु उठाएका छन् ।

यस्तो छ नेता कार्कीले लेखेको आलेखः–

धुर्मुस-सुन्तली र डोजर
रङशाला बन्ने बनाउने र आम नेपालीको हौसला आँफैमा सकारात्मक त हो नै त्यसमा पनि देश बिदेशमा रहेका नेपालीको आर्थिक सहयोग मिसिएपछी यो सार्वजनिक महत्वको र सम्बेदनाको बिषय पनि हो । प्रसन्सा, चुनौती र बिकासको यो मोडेल बारे स्वभाविक छलफल र धारणा आउने नै भये । यो हप्ता स्थानियको सन्लग्नतामा डोजर चल्यो, तार बार भात्काइयो र एस्तो हर्कत बारे तिब्र आलोचना र प्रशासनिक कार्वाही अघी बढेको छ ।

बिबादको बहाना के हो, आ(आफ्नै मत छन । धुर्मुसले रुदै बयान गरे यो कमिसन र ठेक्का वक्ष् अन्य फाईदाको लागि आफुलाई दवाब दिएको र बाटोको बिवाद भएको कारण बार भत्काएको हो । स्थानियले आफु सुकुम्बासी बन्ने डरले बाटो बारे धेरै पटक बार्ता गरेको तर समाधान नहुँदा आक्रोषले यो गल्ती गर्न पुगेको हो ।

तपाईं रुनुभो, सुन्तली जङिनुभो । म तपाईंलाई बिकासको दर्शन बारे थोरै समिक्षा गर्न अनुरोध गर्छु ।

यो डोजरले त्यती भौतिक नोक्सानी गरेको छैन जती सान्केतिक रुपमा बिकास मोडेललाई गरेको छ । छोटोमा भन्दा सबै चिज सबैका लागी बराबर सम्बेदनाका हुँदैनन । डोजरले रङशाला नै किन छोयो त?

अब अली गहिराइ बाट बिश्लेषण गरौ- यो भन्दा अघिल्ला नमुना परीयोजनामा किन एस्ता बिबाद आएनन? किन बिरोध थिएन? के बाटो मात्र कारण थियो त? किन कमिसन मागेनन? मलाई लाग्छ, जुन दिन स्थानिय देखी केन्द्र स्तरका राजनीतिक शक्तिको पक्षधरता र बिकासको प्रभाव र त्यसको राजनीतिक लाभ जोडीन पुग्यो- कती पयले भनेका थिए- अब यो रङशाला या त बन्दैन वा बिवादमा बन्छ वा धुर्मुस सुन्तलिको छबी बिगारने भो ।

ठुलो लगानी भनेको जग्गा थियो, जग्गा सरकार सँग थियो र सरकार राजनीतिक रङको हुन्छ- धुर्मुस सुन्तलिले आँफै यो रोजाइ लिनु स्वभाविक थियो । तर यो रोजाइले रङशाला भन्दा लामो र समाजसेवा भन्दा पर तन्काउथ्यो फाउण्डेसन् को काममा मिसिएको राजनीतिक रङ ।

सुन्दरलाल, चण्डी प्रशाद, गौरादेवीहरु- यि नाम भारतको गढ्वालका ७०को दशकका प्रख्यात नाम जसले ’चिप्को आन्दोलन’ चलाए, त्यहा बाट सापट लिएको छु । बिकासका काममा स्थानियलाई बिकास बिरोधि भन्नु पर्ने दिन आउनु पहिले अभियन्ता हरुले सोच्नै पर्ने केही महत्वपूर्ण पक्ष छन, जो ’चिप्को आन्दोलनले’ सिकायो ।

आफ्नो बन जङल बिनास हुने देखेपछी , पर्यावरणको क्ष्तिले मानव जीवनमा र उनिहरुको मनोभावना माथि आघात पुग्ने देखे पछी गढवाली महिला पुरुषले आफ्नो जङल बचाउ न रुखहरुमा अङालो हालेर चिप्के पछी यो आन्दोलन चिप्को आन्दोलनको रुप लियो ।

सरकारले बिकासको नाममा ठेकेदारलाई रुख काटन आदेश दिएपछी मान्छे रुख अङालो हाल्न पुगे- यो सत्याग्रहमा उनिहरुले भने “रुख काटिनु पहिले हाम्लाई काट“ । यो बिरोधको मोडेलले भारत मात्र होइन धेरै देश लाई सान्केतिक शिक्षा र बिकास बारे सोच्ने तरिका फेर्न सघायो ।
त्यस कारण परीयोजनाको भौतिक पक्ष भन्दा पहिले- वातावरणिय पक्ष आकलन जरुरी भयो । रङशालाको निर्माणको काम थालनी सँग सामाजिक, वातावरणिय प्रभावको पक्ष जरुर बिष्लेषण भो होला ।

त्यती ठुलो परीयोजनामा जरुर यो कुरा जोडीन्छ । धारणा, बक्तब्य, प्रचारबाजी र प्रतिकृया सुन्दा मलाई शन्का लाग्यो, कतै तपाईं हरुले यो पक्ष नजर अन्दाज त गर्नु भएन? अक्सर शक्ती र सत्ताको बढी पहुचले, साना मान्छे लाई नजरन्दाज गर्ने गल्ती हुन्छन ।

अथवा कतै भावना र सदासयताको मौसमी सुबिधा मात्रा हेरियो कि? आफु राम्रो छु, सबैले राम्रो भनेका छन भन्ने सोच्दा, ठुला पारीयोजनाका ठुला प्रभाव भित्र- साना मान्छेका साना चासो सुनिएनकी?

बिकास जब भौतिक आर्थिक र यान्त्रिक पक्ष लाई मात्र केन्द्रमा राखेर सोचिन्छ( तब त्यसले मानबिय समस्या र प्रतिकृया सँग जुध्नु पर्छ । आज धेरै पश्चीमा देशले भोगेको जटिलता यही हो । मान्छेलाई आफु सुकुम्बासी हुन्छु कि भन्ने पिर भन्दा बढी रङशालाको माया नलाग्न सक्छ । हरेक बिकासको केन्द्रमा आफ्नो कुनैन कुनै भलाई देख्नु सामाजिक स्वभाव हो र आवश्यकअता पनि ।

जब हामी मसिन, मनि र मेटेरियल सोलुसन खोज्छ, जब हामी बिकास लाई आफ्नो आँखा बाट हेर्छौ, जब हामी अरुलाई आफ्नो बुझाईको आवश्यकता लादन खोज्छौ, मान्छे हरु बिकास इन्कार गर्छन् ।

किनकी आवश्यकता सापटी लिदैनन मान्छे हरु । सपनाका साझेदार बन्नु सजिलो छ, आवश्यकता अरुबाट अनुवाद गराउन गाह्रो छ । तपाईंका अघिल्ला परीयोजनाहरु आवश्यकता थिए मान्छेका क्ष् तर रङशाला रोमान्चक सपना । सपनामा साघुरो हुन कोही चाहदैनन, सबै रमाउन चाहन्छन(

समाजसेवाको आफ्नै दाँयारा छ, समाजले कसरी प्रतिकृया दिन्छ त्यसको पनि सापेक्षता छ । शायद समाजसेवा छोडेर सपना र आदर्शको राजनीतिमा पुगे पछी समाज पनि बार्ता र लेनदेनको टेबलमा आउछ ।

डोजर एउटा नकरात्मक घटनाको प्रतिबिम्ब हो, खराब प्रतिकृया हो र दण्डित हुनु पर्छ । तर देशको लागि आदर्श काम गरेर देखाउने अभियान स्वयम पनि समाज भन्दा एक कदम बढी सोच्ने हुनु पर्छ । यो घटना पछी काम स्थगित गरेको र माफि माग्नु पर्छ भन्ने सर्त राखी रहदा- फुलमाला र जयजयकार गर्ने तिनै मान्छे थिय भन्ने नबिर्सनुस् ।

ल ति बिकास बिरोधधि नै मानेर जेल पठाइए, त्यसो गर्दा गौतम बुद्द रङशाला करुणा र प्रेम को प्रतिक हुन्छ? मान्छेको सन्ख्याले सधैं सबै चिज अर्थपूर्ण बनाउदैन,थोरै मान्छे होलान अहिले तपाईं लाई बेठिक भन्ने, तर ति सबै प्रसन्सक भन्दा मेरो आलोचनात्मक सुझाब काम लाग्न सक्छ ।

म ब्यक्तिगत रुपमा एस्तो दान र कल्याणमुखी- बिकास मोडेल ठीक मान्दिन, किनकी मान्छेले बिकासको अधिकारको लागि सहिद
बन्नु परेको थियो र त्यो बिकास आजको सरकारको कर्तब्य र जागिर हो ।

एक दशक पहिले मैले धेरै माग्ने काम गरेको थिए, गाउमा गयो माग्यो बुझायो हिड्यो, तर मैले चार बर्ष मागेको भन्दा बढी फरक एक रातमा भयो जब रातो कलम समात्नेले एउटा सिग्नेचर गरेर त्यो बिषयलाई नागरिक अधिकार बनाइदिये । म भगवान बन्नबाट जोगिए, मान्छे म तिर फर्किनबाट जोगिये । आँफैतिर र सत्तातिर फर्कन थाले ।

तर नागरिकको तर्फबाट गरिने रचनात्मक काम सर्वथा धन्य नै हुन्छ । मिहिन तरिकाले हेर्नुस्, केही कर्कट पाता कुच्चिएर केही हुन्न, फेरी बनाउन थालनुस् । राम्रो मान्छे हुनुहुन्छ, राम्रो रहनुस् । मान्छे भन्दा एक फिट माथि उठाइदिने र भगवान बनाइदिने सँग जोगिनुस् । किनकी भगवानलाई मान्छे काम गर्न दिदैनन- निष्कृय सालीक बनाइदिन्छन ।

यो पनि पढ्नुहोस्ः–

रंगशाला डोजरकाण्डले लियो नयाँ मोडः ‘धुर्मुस–सुन्तली’ लाई झड्का, प्रकाश कँडेल जनताको ‘हिरो’ !

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को व्यक्तिगत महत्वकांक्षाका कारण चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको भनिएको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ ।

रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काइदिएपछि विवाद बाहिर आएको छ ।

‘धुर्मुस–सुन्तली’का कारण बाटोमा पर्ने ५०–६० घरलाई भत्काएर सडक बनाउने तयारी गरेपछि आक्रोशित बनेका स्थानीयले बार भत्काएर विरोध जनाएका हुन् । सीताराम कट्टेल ‘धुर्मुस’ले स्थानीयसँग सडक विस्तारमा विवाद हुँदा समस्या समाधानमा गम्भीर ध्यान नदिएको स्थानीयको आरोप छ ।

‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई कार्यालय राख्न घर दिएकी स्थानीय चन्द्रकला रामदामले रंगशालासम्म पुग्ने सडक विस्तारको विषयमा विवाद भएको जानकारी दिइन् । ‘रंगशाला बनोस् भनेर हामी सबै गाउँले उत्साहित छौँ । मैले थोरै भाडा लिएर पूरै घर धुर्मुसलाई कार्यालय राख्न दिएको छु’, उनले भनिन्, ‘रंगशालालाई अबरोध गर्ने हाम्रो कुनै मनसाय छैन ।’

चन्द्रकलाले सडक बनाउने विषयमा निजी जग्गा काटिने भएपछि आफूहरूले त्यसबारेमा कुरा उठाएको बताइन् । उनले भनिन्, ‘सडक बनाउने भए अर्कोतर्फ रहेको सरकारी जग्गालाई प्रयोग गर्नुपर्छ । यो विषयमा सीताराम कट्टेल ‘धुर्मुस’ले मान्नुभएन । अनि विवाद भयो ।’

बाटोको छेउमा रहेका घरहरूलाई हटाएर सडक बनाउन खोजेपछि आफूहरूले विरोध गरेको उनले बताइन् । ‘पाँच–दश धुरमा घर बनेका छन् । सडक बनाउने भएपछि हाम्रो घर जग्गा जान्छ’, उनले भनिन्, ‘१८ लाख मुआब्जा दिने कुरा भएको छ । त्यो १८ लाखले के हुन्छ ? यहाँ चलनचल्तीमा १ करोडदेखि डेढ करोडसम्मको कारोबार हुँदै आएको छ ।’

रंगशाला बनाउने भनिएको स्थानसम्म पुग्न अहिले रहेको बाटो ८–९ मिटरको छ । सीताराम कट्टेलले रंगशालासम्म पुग्न अन्तर्रा्ष्ट्रिय मापदण्डको सडक बनाउँदा ३६ मिटरको बाटो हुनुपर्ने बताएका छन् ।

बाटो फराकिलो बनाएर सडक बनाउन लागिएको विषयमा स्थानीयहरूले सीताराम कट्टेल ‘धुर्मुस’सँग वार्ता पनि गरेका रहेछन् । वार्ताका क्रममा सीताराम कट्टेल ‘धुर्मुस’ले दिएको जवाफ उदृत गर्दै चन्द्रकलाले भनिन्, ‘धुर्मुसज्यूले सडक बनाउँदा के हुन्छ मलाई थाहा छैन । रंगशालाको डीपीआर बन्दै छ भन्नुभएको छ । डीपीआर बनेर आएपछि सडक बनाउने जग्गा दिन पनि सकिन्छ । नदिन पनि सकिन्छ भन्नुभएको छ ।’

अहिले आएर सीताराम कट्टेलले ‘रंगशाला बनाउन ४० बिघा जग्गा चाहिने रहेछ मैले २० बिघा जग्गा मात्रै मागेर गल्ती गरेँ’ भन्दै हिँड्न थालेका छन् ।

स्थानीयहरूले रंगशालातिर रहेको रामपुर कृषि क्याम्पसको जग्गालाई काटेर सडक विस्तार गर्न सुझाव दिएका छन् । यो प्रस्तावलाई सीताराम कट्टेल ‘धुर्मुस’ले मानेका छैनन् ।
टोल विकास समितिका अध्यक्ष मीनबहादुर बस्नेतले पनि सीताराम कट्टेल ‘धुर्मुस’सँग कुराकानी हुँदा स्थानीयको पीरमर्का बुझ्ने विषयमा कुनै चासो नदिएको बताए । ‘सडक बनाउने विषयमा स्थानीयको जग्गा काटिने र सुकुम्बासी बन्ने कुरा भनेका थियौँ । उहाँले खासै चासो दिनुभएन । महानगरपालिकामा पनि लेखेर समस्याको समाधन खोज्न भन्यौँ । कुनै जवाफ आएन’, अध्यक्ष बस्नेतले भने, ‘कसैले पनि चासो र ध्यान नदिएपछि विद्यार्थी नेता प्रकाश कँडेलले स्थानीयको पीरमर्का बुझेर नेतृत्व लिएर बार भत्काइदिनुभएको हो ।’

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आरोप लगाए जस्तो कमिशन मागेर दुःख दिएको भन्ने कुरालाई अध्यक्ष बस्नेतले सिधै अस्वीकार गरिदिएका छन् । ‘हामीसँग मिडिया छैनन् । उहाँहरू ठूलो मान्छे हुँभन्दैमा जे पायो त्यही आरोप लगाउन पाइँदैन’, उनले भने ।

टोल विकास समितिका अध्यक्ष बस्नेतले प्रकाश कँडेल गलत व्यक्ति नरहेको बताए । रंगशालाको बार भत्काइएको अभियोगमा पक्राउ परेका प्रकाश कँडेल स्थानीयस्तरमा लोकप्रिय नेता मान्छिन् । स्थानीय जनताको हरेक समस्यामा आफै अगाडि आएर सहयोग गर्दै आएका प्रकाश कँडेललाई सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले रंगशालाको बार भत्काएकै कारण ‘अपराधी’ भनेपछि प्रकाश कँडेलको विरुद्धमा स्थानीयले कुनै कुरा वा आलोचना सुन्न मान्दैनन् ।

स्थानीयलाई पेलेरै आफ्नो काम अगाडि बढाएका ‘धुर्मुस–सुन्तली’ मिडिया र सामाजिक सञ्जालमा लोकप्रिय भएपनि स्थानीयका कुरा प्रकाश कँडेलले साथ दिएका कारण जति नै विरोध भएपनि स्थानीयले प्रकाश कँडेलको बचाउ गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले बिहीबार विज्ञप्ति जारी गरेर प्रकाश कँडेललाई ‘उदण्ड’भन्दै पार्टीबाट निस्किाशित गरेका छन् । स्थानीय जनताको पक्षमा आवाज उठाउने प्रकाश कँडेललाई अध्यक्ष परियारले ‘उदण्ड’ शब्द प्रयोग गरेकोमा विरोध भएको छ । अध्यक्ष परियारलाई नै कारबाही गर्न चितनवका स्थानीय नेकपाका नेताहरूले दवाव दिन थालेका छन् ।

रंगशाला निर्माणस्थलसम्म पुग्ने बाटोलाई विस्तार गरेर सडक बनाउने विषयमा मेयर रेणु दाहाललाई पनि पहिलादेखिनै जानकारी थियो । तर, मेयर दाहालले पनि समयमा समाधान खोज्न कुनै पनि पहल नगरेको टोल विकास समितिका अध्यक्ष बस्नेतले बताए ।

मेयर दाहालले पनि विज्ञप्ति जारी गरेर प्रकाश कँडेललाई कारबाहीको माग र बार भत्काएकोमा क्षतिपूर्ति भराउन दवाव दिएकी छिन् । कुनै बेला मेयरमा रेणु दाहाललाई जिताउन विशेष भूमिका खेलेका प्रकाश कँडेललाई आहिले आएर पार्टी्भित्रैबाट गुटको राजनीतिका कारण कारबाहीमा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रकाश कँडेलसहितका व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही शुरू गरेका छन् । तर, त्यहाँको विवादको जड के थियो भन्नेबारेमा एसपी मल्लले ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।

बार भत्काउन बिहान साढे छ बजेबाट शुरू भएको थियो । साढे चार घण्टा लगाएर बार भत्काइएको समितिका अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘नजिकै रहेको प्रहरी प्रशासन कहाँ थियो ? मेयर रेणु दाहाल कहाँ हुनुहुन्थ्यो ? अहिले आएर पानीमाथिको ओभानो बन्न खोज्ने ? प्रकाश कँडेल र स्थानीयलाई दोष दिने ?’

‘धुर्मुस–सुन्तली फाउण्डेशन’की कुञ्जना घिमिरे ‘सुन्तली’ले प्रकाश कँडेललाई ‘अपराधी’ भनेर घोषणा गरेकी छिन् । समाजमा राम्रो प्रतिष्ठा र लाखौँ शुभेच्छुक कमाएकी राष्ट्रियस्तरको कलाकारले अदालतले अपराधी नभन्दै कसरी अपराधी घोषणा गरिन् ? प्रश्न उब्जिएको छ । आबेगमा आएर युट्युबहरूमा दिइएका कुञ्जना घिमिरे ‘सुन्तली’का अभिव्यक्तिहरू अत्यन्तै अपात्तिजनक र घृणाले भरिएका छन् ।

कुञ्जना घिमिरे ‘सन्तली’ले प्रकाश कँडेललाई देशद्रोही सम्म भन्न भ्याएकी छिन् । ‘प्रकाश कँडेल देशद्रोही हो । तीन करोड नेपालीको दोषी हो । सरकारले कारबाही गर होइन भने यो सरकारले राजीनामा गर’, उत्तेजित हुँदै उनले भनेकी छिन्, ‘सरकारले रंगशाला बनाउन सकेन ।

जनताले हामीलाई खोजे । सरकारले बनाउन लागेको क्रिकेट रंगशाला १५–१६ वर्षदेखि गोकर्णमा अलपत्र परेको छ । जनताले जनप्रतिनिधि र सरकारलाई खोजेनन् । हामीलाई खोजे ।’

कुञ्जना घिमिरे ‘सुन्तली’ले भनेकी छिन्, ‘त्यस्ता अपराधी, देशद्रोही प्रकाश कँडेलको नागरिकता खोसिनुपर्छ । त्यो नेपाली नागरिक होइन । अन्यत्रै लखेटियोस् । त्यस्ता सन्तानलाई बाँच्ने अधिकार छैन । त्यस्तो सन्तान जन्मदिन आमा‘। त्यो व्यक्तिलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्छ ।’

‘यो जतिपनि बार बनेको छ । जतिपनि काम भएको छ । सबै मलेसिया, कतार, दुबइमा काम गर्ने खाडीमा काम गर्ने, रगत पसिना बगाउने आफ्नो तरकारी खर्च कटाएर दिएको दाजुभाई दिदी बहिनाको पसिनालाई त्यसले हिजो डोजर लगायो’, उनले भनेकी छिन्, ‘प्रकाश कँडेल भन्ने मान्छेको पृष्ठभूमिमा नै जान जरुरी छ सबै जना ।

हिजो कहाँबाट आयो ? यो गाउँ र यो ठाउँको पनि होइन रे त्यो मान्छे । त्यो मान्छे कहाँबाट आइरहेको छ ? हामीलाई किन बिर्गादै छ । हामीलाई त्यसले के नराम्रो कुरा सिकाउँदै छ भन्ने कुरा सबै गाउँलेले सिक्न जरुरी छ ।’

‘यहाँ रंगशाला बन्ला–नबन्ला यदि तपाईहरूको मानसिकता बनेन भनेपछि यो रंगशाला सञ्चालनमा पनि आउँदैन । त्यो व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो भनिएको छ । त्यसले चित्त बुझ्दैन ।

त्यस्ता धेरै नियन्त्रणमा लिएका छन् । त्यो अपराधी हो । कोही अपराधका नाममा निर्दोष मान्छे पक्राउ गरे पनि अहँ हामी कसैलाई पनि चित्त बुझेन । त्यो अपराधीलाई खुलेआम अनुहार देखाउनुपर्छ । यो अपराधी हो भनेर जुत्ताको माला लगाउनुपर्छ । जति पनि बाहिरबाट रकम ल्याएर यहाँ बगाएका छौं सहयोगी मनहरूसँग घुँडा टेकेर माफी माग्नुपर्छ ।’

सीताराम कट्टेल ‘धुर्मुस’ले पनि प्रकाश कँडेललाई ‘अपराधी’ भनेका छन् ।

सामाजिक सञ्जालमा प्रकाश कँडेलको तस्वीर बिगार्नेदेखि तल्लोस्तरसम्मको गालीगलौज गर्नेसम्म कार्य भएका छन् । विकासको नाममा धुर्मुस–सुन्तलीले गरेका सबै काम ठीक छन कि छैनन् यो अलग विषय हो ।

तर, स्थानीयलाई सुकुम्बासी बनाएर सस्तो लोकप्रियताका नाममा धुर्मुस–सुन्तलीले स्थानीय जनतालाई खराब देखाउने जुन कार्य भएको छ त्यो गलत रहेको सामाजिक सञ्जालमा झिनो स्वरमा उठ्न थालेको छ । दैनिक नेपालबाट

Related Articles

Back to top button
Close