नकारात्मक मात्र होइन सकारात्मक सोचका ब्यक्ती भएको समाजमा अन्तरजातीय बिवाहा गर्ने यी जोडीलाई सलाम….(हेर्नुहोस् पुरा बिवरण)
चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन।
आजको बिषय छ समाज परिबर्तनको अर्को नमुना अन्तरजातीय मागी बिवाहा बारे उनले फेसबुकमा लेखेकी छन्।
समाज परिबर्तनको अर्को नमुना अन्तरजातीय मागी बिवाहा ।
समाजमा जातीय विभेद, छुवाछूतका घटनाहरु सामाजिक संजालमा प्रत्येक दिन जस्तो देखिन्छ ।
नकारात्मक मात्र होइन सकारात्मक सोचका ब्यक्ती , परिवार पनि छन् समाजमा भन्ने यो बिवाहित जोडीले देखाएका छन् ।
कतिपय घटनाहरु अन्तरजातीय बिवाहा गर्दा परिवार र समाजबाट बिस्थापित र विभिन्न बाहनामा छुट्टाइएका उदाहरण छन् ।
एउटा यस्तो जोडी बाइस बर्षिया बिजय बिश्वकर्मा र बिस बर्षिया प्रमिला मगर एउटै गाउँ निवासी हुन् ।
नबलपुर चोरमारा बजारमा स्थायी घर भएका यी जोडी सानै देखिका साथी हुन् ।
बालपनको साथी सगै एउटै स्कुलमा पढन थाले पछि उनिहरुको सम्बन्ध प्रेममा परिणत भएको थियोे ।
पछि बिवाहा गर्ने निर्णय गरे उनिहरुको प्रेमलाइ दुबै पक्ष परिवारले सहमति गरे पछि मागी बिवाहा भएको छ ।
समाज रुपान्तरणको लागि यो कदम अनि यो प्रेमलाई स्वागत छ , साथै बैबाहिक जिबनको सफलताको सुभकामना ।।।
(saru sunar)