समाचार

‘कमरेड ! तपाईंले खाने मिष्ठान्न भोजनमा रगतको गन्ध आउदैन ?’ – समपर्ण भट्टराई

नेपाली जनताको मुक्ति र नेपाल राष्ट्रको स्वाधीनता को निम्ति महान जनयुद्धमा होमिएका ती योद्धा हरु जस्ले मुक्ति या मृत्युको सपथ खाएका थिए एउटा ढल्दा अर्को झण्डा लिएर अगाडि बढने अठोट गरेका थिए ।

आत्मसमर्पण भन्दा बरु मृत्यु नै स्वीकार्यछ भन्थे नेपाली जनताको मुक्ती नभए सम्म निरन्तर लडने छु भन्थे गद्दार हरु ले धोका दिए एउटा बुलेट खर्च गर्न सकिन्छ भन्थे मालेमावाद को सबैभन्दा धेरै गुणगान गाउथे माक्र्सवाद भन्दा अर्को मुक्तिको बाटो छैन भन्थे जनताको राज्य सत्ता भोट मागेर सम्झौता गरेर प्राप्त हुदैन बन्दुकको बलमै खोसेर लिनुपर्छ भन्थे ।

लेखक
जनता लाई पनि यहि कुरा भने सिकाए तर आज साथीहरू आत्मसमर्पण गर्दै कोहि एमाले कोहि फोरम भए यतिसम्म गिरे कि साथीहरू आफ्नै सहयोद्दा लाई हत्कडी लागाउन सफल मात्रै भएनन् खुसियाली मनाए गर्ब गरे त्यो बापत भोज भतेर खाए इतिहास आफै छक्क परेको होला अचम्म मानेर यो सारा कुरा नियालि रहेको होला सायद सहिद हरु पनि यतिबेला ती साथीहरू लाई धिकारी रहेका होलान् आफ्नु बलिदान माथी गद्दार हरुको मोजमस्ती देखेर रिस ले चुर भएर बसेका होलान सायदै प्रत्यक्ष अगाडि भेटने भए एक एक लाई गोलि हान्ने थिए होलान् जनता ले तिरस्कार गरिरहेका छन ।

आफ्नै सहयात्री हरुले गद्दार घोषणा गरिरहदा निहिय भएर लाज पचाएर हिडिरहेका छन सायदै ती साथीहरू लाई भित्री मनमा कतै न कतै गल्ती गरेको आत्मग्लानी भएको हुनुपर्छ किन कि त्यो उनिहरु बाहिर भन्न सुनाउन हिचकिचाइ रहेका छन होला हिजो उनिहरु बाघ को बच्चा डम्मरु थिए आज बिरालो भएका छन झट्ट हेर्दा कोहि झुकिन्छन जुँघा र द्राहा नग्रा देख्दा बाघ जस्तै देखिन्छ तर उ गर्जन सक्दैन म्याउ गर्छ अनि त्यो बिरालो भएको प्रमाणित हुन्छ यसरी बिचार राजनीति आफ्नु लक्ष्य उदस्य बाट च्युत भएर लाबारिसे जीवन बिताउदा ती साथीहरू लाई पक्कै पनि पछुतो लागेको हुनुपर्छ।

किन कि यो सबैभन्दा ठुलो राजनीतिक अपराध हो नेपाली जनतालाइ मात्रै होइन ती महान सहिद र बेपत्ता योद्धा माथिको धोका हो त्यो कुरा ले पक्कै पनि ती साथीहरू लाई कतै न कतै पोल्छ होला तिनले खाने हरेक मिस्ठान्न भोजन मा सहिद को रगतको गन्ध आउँछ होला ती सुत्ने ठुला ठुला बङ्गलामा सुनसान रातमा घाइते योद्धा रगताम्य भएर पिढाले छटपटाउदै चिच्याएको आवज आउँछ होला तिनीहरु ले देख्ने हरेक सपनाहरूमा लास हरुको पहाड र रगतको भेल देख्छन होला किन कि कमरेड हरु लाई आफुले गरेको कुकर्म ले सार्है सताएको छ ।

तेसैलाइ ढाक छोप गर्न कोहि एमाले कोहि फोरम भए कुकर्म लुकाउन बन्दुक देखाउदैछन र केही सहयोद्दा लाई जेल मा राखेर राज्य आतंक मच्चाएर अरु लाई आतंकित बनाएर केही समय आराम गर्न चाहान्छन ति साथीहरू तर त्यो संभावना छैन किन कि मुर्दा शान्तिमा कोहि रमाउन सक्दैनन् केही तेसैले कमरेड लाई यतिबेला आत्माग्लानी भएको हुनुपर्छ आफुले बाटो बिराएको मा लज्जाबोध भएको हुनुपर्छ पक्कै पनि यतिबेला कमरेड हरुले खाने भोजन मा रगतको गन्ध र सुत्ने महलमा घाइतेको चीत्कार आएको हुनुपर्छ ।

यो लेखकको व्यक्तिगत विचार हो, हामीले यो सामग्री लेखक समर्पण भट्टराई को फेसबुकबाट लिएको हो ।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close