भिडियो

टिकटकले डुबायो बले र रक्षाको घरबार [भिडियो]

काठमाडौं १७ जेठ ।

हास्य टेलि चलचित्र भद्रगोलका मुख्य पात्र बले र रक्षाको नयाँ फिर्चड गीत सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द र शंकर थापाको संगीत रहेको टिकटकले डुबायो बोलको गीतमा रमेश श्रेष्ठको आवाज रहेको छ ।

निकै रमाइलो शैलीको गीतमा बले र रक्षा फिचर्ड छन् । उक्त गीतमा टिकटकले पारेको असरलाई देखाइएको छ ।

सागर लम्साल (बले) र रक्षा श्रेष्ठ चर्चित टेलिसिरियल भद्रगोल बाट चर्चामा आएका हुन् । भद्रगोल दर्शकले सबैभन्दा बढी हेर्ने र मन पराउने टेलिसिरियल हो । रक्षा र बलले एकसाथ धेरै म्यूजिक भिडियामा पनि काम गरिसकेका छन् ।

भिडियो हेर्नुुहोस् :

Related Articles

Back to top button
Close