समाचार

रंगशालामा डोजर चलाउनेलाई कति वर्ष जेल ?

चितवन, १७ जेठ – चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशालाको बारमा डोजर लगाउने घटनाका मुख्य योजनाकार प्रकाश कँडेल सहित १८ जना विरुद्ध मुद्धा दर्ता भएको छ । उनिहरु विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दुर्गाराज रेग्मी जानकारी दिनुभयो । उनिहरुलाई मुद्धा दर्ता पश्चात म्याद थप गरी अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।अभद्र व्यवहार सम्बन्धी मुद्धाबाट दोषि प्रमाणित भए एक बर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको रेग्मीले जानकारी दिनुभयो ।

यो मुद्धा जिल्ला प्रशासन कार्यालयले हेर्छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विहिवार भरतपुरमा आयोजित कार्यक्रममा जागिर गएपनि घटनामा संलग्नलाई कारवाही गर्ने चेतावनी दिनुभएको थियो । रङ्गशालामा डोजर लगाएर बार भत्काएको घटनाको सर्वत्र निन्दा भएको छ ।

Related Articles

Back to top button
Close