भिडियो

धर धरी रुदै ज्ञानेन्द्र शाही,अस्पतालको सैयाबाट समर्थकलाई यसो भने…(हेर्नुहोस् भिडियो)

काठमाडौँ, १६ जेठ । पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पुयाएको आरोपमा शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षद्वय दुर्गा थापा र गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी गर्नुभएको थियो ।

सोही बमोजिम शाही विरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

शाहीलाई समात्न खोज्दा अवरोध पु¥याउने दुई महिला र छ पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हबलदार प्रकाश बुढा, प्रहरी जवानहरु जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर बर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले जनाएको छ ।

आज बेलुका काठमाडौँ आइपुगेका ज्ञानेन्द्र शाहीको अस्पतालमा उपचार थालिएको छ । प्रहरीले दिएको यातनाले उनको ढाड, टाउको र शरीरका अन्य भागमा निल डाम रहेका छन । आफुलाई खाना पनि नखुवाई निर्मम यातना दिदै काठमाडौँ ल्याई पुर्याएको उनि बताउछन ।

अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार गराई रहेका साहीको समर्थनमा अस्पताल बाहिर समर्थकहरुको भिड लागेको छ । उनलाई भेट्न नागरिक अभियन्ताहरु पनि पुगेका छन । अस्पताल बाहिर गरिएको कुराकानी हेर्नुहोस :

Related Articles

Back to top button
Close