समाचार

वैदेशिक रोजगारमा जानेहरूका लागि टिकट बन्द !….(हेर्नुहोस् पुरा बिवरण)

काठमाडाैं । वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कारण रोजगारमा जाने कामदारका टिकट एक हप्तासम्म भिसा लागेका कामदारको टिकट काट्न बन्द गरेका छन् ।

यस अघि नै विभिन्न माग राखेर आन्दोलन घोषणा गरेका व्यवसायी संघले जेठ ३ गतेको बृहत व्यवसायी भेला आयाेजना गरि वैदेशिक रोजगारीमा जाने कामदारको टिकट काट्न बन्द गर्ने घाेषणा गरेकाे थियाे ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्तासम्म कामदारलाई विदेश जान रोकिएको बताए ।
उनले भने-आजदेखि वैदेशिक रोजगारीमा जाने कामदारकाे हवाई टिकट नकाट्न सर्कुलर जारी गरिएकाे छ । हाम्राे जायज मागमा सम्बोधनमा सरकारले कुनै चासो देखाएन । त्यस कारण हामीसँग आन्दोलनकाे विकल्प नै रहेन ।

यस अघि नै वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति ठप्प पार्ने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट विरुद्ध आन्दोलन गर्ने जस्ता आन्दोलनका कार्यक्रमको घोषणा गरिसकेका छन् ।

जेठ २३ गतेसम्म पनि माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले आफ्ना मागबारे प्रधानमन्त्रीलाई समेत लिखित निवेदन बुझाइसकेको जनाएका छन् ।

उनीहरुको मागपत्रबारे हालसम्म प्रधानमन्त्री कार्यलयबाट जवाफ नआएको बताएका छन् ।हाल सरकारले नयाँ व्यवस्थामार्फत राख्न लगाएको धरौटीमा ब्याज पाउनुपर्ने व्यवसायीको मुख्य माग हो । तर, वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था छैन ।

Related Articles

Back to top button
Close