भिडियो

अस्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकालाई छुरा प्रहारगरी निर्मम हत्या गरेका दिनेशलाई जन्मकैदको सजाय

विराटनगर १७ जेठ । विराटनगरमा अस्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकालाई छुरा प्रहार गरी हत्या गरेका दिनेश भट्टराईलाई अदालतले जन्मकैद सुनाएको छ । भेट्ने बहानामा प्रेमिकालाई बोलाएर छुरा प्रहार गरी हत्या गर्ने विराटनगर १० का ३० वर्षीय दिनेश भट्टराईलाई अदालतले आजीवन जन्मकैदको फैसला गरेको हो । भट्टराईले २०७५ भदौ १ गते जरुरी काम परेको भन्दै भेट्न बोलाएर २३ वर्षीय शिखा घिमिरे माथि छुरा प्रहार गरी निर्मम हत्या गरेका थिए । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एक्लो इजलासले अभियुक्त भट्टराईलाई आजीवन जन्मकैद र पीडित परिवारलाई १ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

पहिले जन्मकैद सजाय हुँदा २० बर्षसम्ममात्र जेल बस्नुपथ्र्यो । तर नयाँ फौजदारी अपराध संहिता २०७४ लागू भएपछि भने जन्मकैद फैसला भएकाहरू बाँचुञ्जेल जीवनभर जेलमा बस्नुपर्छ । भट्टराईले ग्रामथान गाउँपालिका ३ सिद्राहास्थित फलैँचामा धारिलो हतियार(छुरा) प्रहार गरी शिखाको निर्मम हत्या गरेका थिए । फलैँचामा बसेको बेला दिनेशले टाउको, घाँटी, पेटलगायत शरीरको विभिन्न भागमा छुरा प्रहार गरेका थिए । शिखाको हत्या गर्नुअघि खुट्टाको एलर्जी ठिक हुन्छ भन्दै दिनेशले विष खुवाएको पनि खुलेको थियो । उक्त घटना देखेपछि गाउँलेहरूले नै घेरा हालेर दिनेशलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुभाएका थिए ।

दिनेश डिप्रेसनको सिकार थिए । नियमित औषधी सेवन गरिरहेका दिनेश र शिखा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने तयारीमा थिए । भिसा नआएसम्म काठमाडौँमा बसेर ब्युटिपार्लरको तालिम लिने सल्लाह अनुसार शिखा काठमाडौँ जाने अघिल्लो दिन(भदौ १)मा नै दिनेशले उनको हत्या गरेका थिए ।

यो पनी हेर्नुहोस्>>> पहिलो पटक इन्द्रेणीमा धुर्मुससुन्तलीको दोहोरी घम्साघम्सी, सुन्तलीको दोहोरीले सबै मोहित (भिडियो सहित)
काठमाडौँ । देश तथा प्रदेशमा समेत लोकप्रिय बन्दै कार्यक्रम ‘इन्द्रेणी’मा पहिलो पटक धुर्मुस सुन्तली पुगेका छन् । जनताको आवाज, दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट प्रसारण हुन्छ त कहिले गाउँघर, लेखबेसी, पाखापखेरा तथा प्रदेश बाट पनि बेलाबखतमा प्रसारण हदै आएको छ। कार्यक्रम इन्द्रेणी मनोरञ्जनको साथ-साथमा विभिन्न समाज सेवा गर्दै आइरहेको इन्द्रेणी टिम, देश-विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरूको मन मुटुमा बस्न सफल भएको छ । खास गरी त आफ्नो प्यारो देश नेपाल छाडी रोजगारीको लागी प्रदेशीएका दाजु भाइ दिदी बहिनीहरूको मन जित्न सफल भएको छ । विभिन्न समाजसेवीहरूको साथ लिएर इन्द्रेणी टिमले गरिब दुखीहरूलाई समेत सहयोग गर्दै आएको छ ।

दिनदुखीहरूको लागी सहयोग रकम सङ्कलन अभियान पनि सञ्चालन गर्दै आएको छ । इन्द्रेणी कार्यक्रमको यो नयाँ भागमा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ पहिलो पटक इन्द्रेणी कार्यक्रममा पुगेका छन् । कार्यक्रम निकै नै रमाइलो रहेको छ । कार्यक्रममा धुर्मुस सुन्तलीले मनोरञ्जन साथ साथै दोहोरी गाएर मनोरञ्जन दिएका छन् । अझ भन्नु पर्दा सुन्तलीको दोहोरीले सबै लाइ मोहित पारेको छ । निकै मिठो स्वरमा धुर्मुस, सुन्तली र इन्द्रेणीको टिमले स्टुडियोमा दोहोरी खेली दर्शकहरूलाई मनोरञ्जन दिएका छन् । बाँकी भिडियोमा हेर्नुहोस्

यो पनी हेर्नुहोस्>>> प्रकाश सपुतको गीत ‘गलबन्दी’ले बनायो नयाँ रेकर्ड । छोटो समयमा यती धेरै पटक हेरियो…(भिडियो)

काठमाडौँ। गायक तथा मोडल प्रकाश सपुतको गीत ‘गलबन्दी’ले पछिल्लो समय निकै चर्चा कमाएको छ ।अघिल्लो वर्ष सार्वजनिक भएको ‘बोल माया’ बोलको गीतमा वैदेशिक रोजगारीले सम्पूर्ण नेपालीमा निम्त्याएको समस्याका बारेमा रहेको उक्त गीतले पनि निकै कमाएको थियो। यो वर्ष पनि ‘गलबन्दी’ को सर्वत्र चर्चा सहित युट्युब ट्रेन्डिङ्गमा शीर्ष स्थानमा रहेको छ । गीतमा प्रकाश सपुत र शान्तीश्री परियारले आवाज दिएका छन् । ‘गलबन्दी’मा मोडल अञ्जलि अधिकारी र प्रकाश सपुत स्वयंमको अभिनय रहको छ, भने अञ्जली अधिकारीको लुक्सलाइ निकै मन पराइएको छ । अञ्जलीको सामाजिक सञ्जालमा सर्वत्र चर्चा भएको छ ।उक्त म्युजिक भिडियोमा अञ्जलीले लज्जाउँदै दिएको अभिनयले निकै चर्चा कमाएको हो। निकै रोचक र ठट्यौली भाकामा माया प्रेमका कुरा सङालिएको भाकाले यसपालि भने भरपुर मनोरञ्जन दिने छ। शान्ति श्री परियार र प्रकाश सपुतको निकै मीठो स्वरमा सजिएको उक्त भाकामा शब्द सङ्गीत प्रकाश आफ्नै छ। यश अघिको बोलमाया गीत पनि शान्ति श्री परियार र प्रकाशले नै गाएका थिए । युट्युबको शीर्ष स्थानमा गीतलाई अहिलेसम्म ३३ लाख भन्दा धेरै पटक हेरिएको छ । भिडियो हेर्नुहोस्


यो पनी हेर्नुहोस्>>> यस्ता छन् भद्रगोल रक्षाका श्रीमान्, सानैमा भयो विवाह, रक्षाले खोलीन् सबै कुरा…(भिडियो सहित)

काठमाडौँ ।पछिल्लो समय हास्य टेलिश्रृखला ‘भद्रगोल’ नेपालको निकै चर्चित कमेडी सिरियल हो । त्यसै हास्य टेलिश्रृखलाकी एक पात्र हुन् रक्षा श्रेष्ठ। उक्त भद्रगोल टेलिसिरियलमा उनी एक चर्चित पात्र कुमार कट्टेल (जिग्री)को गलफ्रेण्ड बनेकी छिन् । भद्रगोल हेर्ने र रक्षालाई चिन्ने धेरै नेपालीहरूलाई रक्षा विवाहित हुन् भन्ने कुरा थाहा नभएको हुन् सक्छ । उनलाई रिल र रियलमा पनि जिग्रीकै गलफ्रेण्ड हुन भन्ने भ्रम धेरैमा मनमा छ । तर रक्षा एक विवाहित महिला हुन् । वास्तविक नाम बाटै उक्त हास्य सिरियलमा आफ्नो अभिनय दिँदै आएकी रक्षाले भद्रगोलमा राम्रो सफलता पाएकी छिन् । उनलाई मन नपराउने कमै मात्रामा रहेका होलान् ।

उनी निरन्तर म्युजिक भिडियोमा काम गर्दै छिन् भने विभिन्न स्टेज कार्यक्रमहरूमा पनि उनको व्यस्तता छ । पछिल्लो समय उनले अभिनय गरेको पिँडालु बोलको लोक दोहोरी गीत चर्चाको शिखरमा छ । जिग्री सँगको सिरियलमा केमेष्ट्री र रिल लभका कारण पनि धेरैले रक्षा अविवाहित नै होलिन् भन्ने बुझेका छन् तर त्यसो होइन, रक्षा विवाहित हुन् । उनको श्रीमानको नाम मिग्मा भएको बुझिन्छ कारण रक्षाले आफ्नो हातमा श्रीमानको नामको ट्याटु पनि हानेकी छिन् । बाँकी भिडियो हेर्नुस्

Related Articles

Back to top button
Close