समाचार

प्रेमीकाको हत्या गर्नेलाई एक लाख क्षतिपूर्ति सहित जन्मकैदको फैसला

बिराटनगर । प्रेमीकाको हत्या गर्ने विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो ।अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहाना बनाएर ग्रामथान गाउँपालिका ३ सिद्राहा स्थित फलैचामा २ धारिलो हतियार प्रहार गरी सोही ठाउँकी २३ बर्षीया प्रेमिका शिखा घिमिरेको छुरा प्रहार गरि निर्ममता पूर्वक हत्या गरेका थिए ।

प्रहरीका अनुसार फलैचामा बसेको बेला दिनेशले प्रेमिकाको टाउको घाँटी, पेट, शरिरमा छुरा प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गरी हत्या हँुदै गरेको देखेका गाउँलेहरुले बाटो छेकेर घेरा हाली दिनेशलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । पहिले जन्मकैद सजाय हुँदा २० बर्षसम्म जेल बस्दा पुग्दथ्यो । तर नयाँ फौजदारी अपराधसंहिता २०७४ लागू भएपछि जधन्य अपराध गर्नेैहरुलाई जिवनभरका लागि जन्मकैद हुन्छ ।

Related Articles

Back to top button
Close