समाचार

गएराति एकाएक ४.६ म्याग्निट्यूडको भूकम्प, सर्वसाधारण त्रसित

काठमाडौं – गएराति सर्वसाधारणले एकाएक भूकम्पको धक्का महसूस गरेका छन् ।
कर्णाली प्रदेशको मुगु जिल्लामा भूकम्पको धक्का महसूस गरिएको हो । भूकम्पको केन्द्रबिन्दू रहेको ठाउँ बहुचर्चित रारा ताल नजिकै पर्छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १० बजेर १ मिनेटमा भूकम्प गएको हो । भूकम्प ४.६ म्याग्निट्यूडको रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसूस भएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए । यसअघि जेठ ११ गते बझाङमा भूकम्पको धक्का महसूस भएको थियो ।
नक्सामा हेर्नुस् भूकम्प आएको क्षेत्र

Related Articles

Back to top button
Close