समाचार

सारेगमपमा प्रितमको अर्को जादु, तारिफ गर्दै सबै जजलाई मिलेर काधमा बोके ( भिडियो )

भारतीय रियालिटी शो सरेगमापा लिल च्याम्प मा पुगेका नेपाली बाल गायक प्रितम आचार्यले यस हप्ता पनि आफ्नो धमाका प्रस्तुति दिएका छन्। सधै आफ्नो प्रस्तुतिकै कारण चर्चा मा रहने गरेका नेपाली बाल गायकले यस हप्ता पनि जज का साथै अतिथि जज र जुरी सबैको मन जितेर अघि बढ्न सफल भएका छन्। यहाँ सम्म कि उनीले लाखौ प्रतिस्पर्धीलाई पछि पार्दै भारतीय रियालिटी शो सारेगमपको सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल सम्म पुगेका प्रितमले जजहरुको मन जित्न सफल बनेका छन्।

जी टिभीको फेसबुक पेजमा एक भिडियो सार्बजनिक भएको छ। सरेगमपाको प्रोमो उक्त भिडियोमा प्रितम ले ‘लुट गए ‘ बोलको गीत गाउदा सबै जज हरु मिलेर खुसिहुदै उनलाई काधमा फेरि एक पटक बोकेका छन्। यसरि नै यस अघि पनि उनलाई राम्रो प्रस्तुति दिदा पटक पटक बोक्ने गरिएको थियो। त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज आनन्दले उनको प्रस्तुती आफ्नो लागी यादगार प्रस्तुती भनेका छन् । प्रितमको प्रस्तुतीमा जजहरुको आखामा आसु सम्म ल्याएको भिडियोमा देखाइएको छ ।

इटहरीका ११ बर्षीय प्रितम आचार्य यति बेला नेपालमा मात्र हैन भारतमा समेत निकै चर्चा पाएका छन्। नेपाली फ्यान जस्तै गरि उनले भारतीयलाई पनि फ्यान बनाउन सफल भएका छन् । ब्याक टु ब्याक उत्कृष्ट प्रस्तुति दिदै सबैको मन जितिरहेका प्रितमलाइ यस अघिको एपिसोडमा सलमान खानले बाल उदितनारायण भन्दै प्रसंसा समेत गरेका थिए । भारतका चर्चित सेलिब्रेटीहरुले पनि सामाजिक संजालमा नेपालका उदयमान बाल कलाकार रुपमा प्रितमलाइ चित्रण गरेका छन्। उनले पनि विभिन्न समयमा चार्टबास्टर पर्फमेन्स दिंदै सबैको नजर आफूतिर तानेका छन् ।

यसै हप्ता पनि उनले दिएको प्रस्तुतिमा जज हरुले उत्कृस्ट भन्दै प्रसंसा गर्दै काधमा बोकेर तारिफ गरेको भिडियो सार्बजनिक भएको छ। प्रितमलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ! –

Related Articles

Back to top button
Close